कञ्चनजंघा फूटबल क्लब क्वार्टर फाइनलमा

IMG-20230728-WA0257.jpg

२८ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा शुक्रवार भएको हाई भोल्टेज म्याचमा केएफसी-ले नर्थ बेंगल आर्म्ड पुलिस ब्रिगेडलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल अनिश राईले गरे। यसरी आर्म्ड पुलिसबाट मनोरञ्जन रोयले अन्तिम क्षणमा एक गोल गरे। केएफसी-का अनिश राईलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। शनिवार खेलिने म्याचमा सिलगढ़ी युनाइटेड एफसी र युनाइटेड सिक्किम एफसी-बीच भिड़न्त हुनेछ।

यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement