एशियाली खेलहरूमा भारतीय फुटबल टीमको भागीदारीमा प्रधानमन्त्री मोदीद्वारा हर्ष प्रकट

00-1-PM-Modi-2-7

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी एशियाली खेल २०२३ मा भारतीय पुरुष र महिला फुटबल टीमहरूको भागीदारीमा हर्ष व्यक्त गरेका छन्। खेल मन्त्रालयले बुधबार भारतीय फुटबल टीमहरूलाई आगामी एशियाली खेलहरूमा भाग लिन छुट दिएको छ। एशियाली खेल २३ सेप्टेम्बरदेखि चीनको हांगझूमा आयोजित गरिने छ। खेल मन्त्रालयको नियममा भनिएको छ, टीम खेलहरूमा, केवल शीर्ष आठमा सामेल टीमले हिस्सा लिनेछन्, जबकि भारतीय राष्ट्रिय फुटबल पुरुष र महिला टीम वर्तमानमा क्रमशः १८औं र ११औं स्थानमा छन्। केन्द्रिय खेल मन्त्री अनुराग ठाकुरले दुवै टीमहरूलाई छुट दिॅंदै केन्टिनेन्टल शोपीस इभेन्टमा भागीदारीको पुष्टि गरेका छन्।

बिहीबार एआईएफएफ अध्यक्ष कल्याण चौबेको ट्वीटको जवाफमा प्रधानमन्त्रीले भने, ‘भारतभरिका फुटबल प्रशंसकहरूको निम्ति खुशीको खबर! यसले यस खेलमा उदीयमान प्रतिभाहरूलाई प्रोत्साहन मिल्नेछ।’ भारतीय पुरुष टीम, जसले नौ सालको अन्तरालपछि पहिलोपल्ट एशियाली खेलहरूमा भाग लिइरहेको छ,  १९५१ मा उद्घाटन संस्करण र यसपछि 1962 मा स्वर्ण पदक जीतेको थियो। १९७० मा टीमले कांस्य पदत जितेको थियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement