दिल्लीमा अभिषेक ब्यानर्जीको भाजपा सांसद सौमित्रसॅंग भेटपछि अडकलबाजी तीव्र

Abhishek-Banerjee-MP-3

कोलकाता: तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको दिल्लीमा भाजपा सांसद सॉमित्र खानसॅंग भेटपछि विभिन्न प्रकारको अडकलबाजी शुरू भएको छ। बांकुडाको विष्णुपुरका सांसद खान विधानसभा चुनावपछि लगातार पार्टीका नेताहरू विरूद्ध आवाज उठाइरहेका छन्।

यस कारण उनी चॉंडै तृणमूल कांग्रेस फर्किन सक्ने सम्भावना व्यक्त गरिॅंदैछ। उनले प्रदेश भाजपाका धेरै फसेलाहरूको खुल्ला निन्दा गरिसकेका छन्। कहिले दिलीप घोष त कहिले शुभेन्दु अधिकारी पनि उनको निशानामा रहेका छन्। २०१९ को लोकसभा चुनावभन्दा अघि उनले शुभेन्दु अधिकारीकै हात समातेर तृणमूललाई त्यागेर भाजपामा सामेल भएका थिए। -हिस

About Author

Advertisement