दार्जीलिङ: हाम्रो पार्टीको खरसाङ महकुमा समितिले शहीद परिवारहरूलाई सम्मानजनाएका छन्। हाम्रो पार्टी खरसाङ महकुमा समितिले आज विहान पार्टी कार्यलयमा गोर्खाल्याण्ड आन्दोलनको शहीदहरूको स्मरण गर्दै शहीद दिवस पालन गरयो।यस अवधि हाम्रो पार्टीको खरसाङ महकुमा समिति अध्यक्ष सुमन बम्जन विशेष रूपमा उपस्थित रहेका थिए। त्यसरी नै महासचिव विमल तामाङ,प्रबक्ता विवेक तामाङ,खरसाङ टाउन कमिटि अध्यक्ष अभिनन्दन रावत आदि उपस्थित थिए। कार्यक्रमको शुभारम्भमा गोर्खाल्याण्ड आन्दोलनको शहीदहरूको स्मरण गर्दै शहीदहरूको तस्वीर अधि दीप जलन, खदा अर्पण साथै दुई मिनटको मौन धारण गरियो। पार्टी कार्यलयमा शहीदहरूको स्मरणको कार्यपछि गत २०१७ को गोर्खाल्याण्ड आन्दोलनमा सोनादा बजारमा पुलिसको गोलीले शहीद भएका शहीद टाँसी भोटियाँको शहीद बेदीमा दीप जलन, पुष्प अर्पण अनि प्रार्थना आदि जस्ता कार्य गरियो।त्यसरी नै मार्गेटहोप चिया बगानमा सन १९५५ को श्रमिक आन्दोलन र सन १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा शहीद भएका परिवारहरूलाई सम्बद्र्वना जनाउँने कार्यहरू गरिएको अध्यक्ष सुमन बम्जनले जनाएको छ।