मत्स्यपालनबारे कृषकहरूलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

IMG-20230727-WA0329.jpg

गान्तोकः सिकिम राज्यमा मत्स्य पालनको सम्भावना र सम्भाव्यता सम्बन्धी एक दिवसीय जागरूकता कार्यक्रम साम्दुङ वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजना गरियो। यस कार्यक्रमको मुख्य उद्देश्य माछापालन, स्थानीय जनता, सरोकारवालाहरू, विद्यार्थी र शिक्षकहरूलाई माछापालन गर्दा हुने फाइदाहरू, दिगो माछा मार्ने प्रविधिहरू र राज्यको अर्थतन्त्रलाई बलियो बनाउन माछा पालनको भूमिकाबारे जागरूक गराउनु रहेको थियो।

आजको यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा तुमिन ग्राम पञ्चायत यूनिटका पञ्चायत अध्यक्ष गोबिन्द न्यौपाने रहेका थिए। कार्यक्रममा मत्स्य पालन निर्देशालयका अधिकारीवर्ग, माछापालक, स्थानीय जनता, शिक्षक र साम्दुङ विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो।

कार्यक्रमको मुख्य आकर्षण दिगो मत्स्य पालनको महत्वबारे जोड दिॅंदै वक्ता विभागका निर्देशक सुरेन्द्र भण्डारीले सिक्किममा मत्स्य पालनको सम्भावना र निर्दैशालयद्वारा शुरू गरिएको विभिन्न योजनाहरू बारेमा अवगत गराए। सहभागीहरूलाई विभिन्न माछापालन प्रविधिहरू जस्तै रेसवे फार्मिङ, केज कल्चर, एकीकृत माछापालन, सजावटी माछापालन, आरएएस, एक्वापोनिक्स जस्ता आधुनिक प्रविधिहरूद्वारा खेती गर्नेबारे जानकारी गराइयो। सहभागीहरूलाई केही आधुनिक प्रकारले मत्स्यपालन गर्नुपर्ने उनले सुझाउ दिए। सभागीहरूले कसरी माछापालनको माध्यमद्वारा जीविकोपार्जनमा सुधार ल्याउन, पोषण सुरक्षा प्रदान गर्न र बेरोजगार समस्या कम गर्न सकिनेबारे अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement