राज्यपालले दिए गुरु रिम्पोछे ठ्रुङ्कर सेछुको शुभकामना

laxman-pa_449

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले गुरु रिम्पोछे ठ्रुङ्कर सेछुको शुभ अवसरमा बौद्ध धर्म अनुयायी एवं सिक्किमवासीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, गुरु रिम्पोछे ठ्रुङ्कर सेछुको पर्व बौद्ध अनुयायीहरूले गुरु पद्मसम्भवको जन्मदिनको रूपमा मनाउॅंछन्। उनलाई विश्वका विभिन्न ठाउॅंहरूमा आदरपूर्वक गुरु रिम्पोछेको रूपमा पनि चिनिन्छन्। गुरु पद्मसम्भवले ८औं शताब्दीमा सिक्किम, भूटान र तिब्बतमा बौद्ध धर्मको प्रचार गरेका थिए र सिक्किमको पवन भूमिलाई बायुल डेमाजोङको रूपमा आशीर्वाद दिएका थिए।

गुरु पद्मसभवका शिक्षाहरूले हाम्रो समाजलाई समृद्ध गरेका छन् र सिक्किमको संस्कृति र धार्मिक परम्पराहरूलाई आकार दिन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् भनी राज्यपालले आफ्नो सन्देशमा बताएका छन्। उनले यस शुभ अवसरमा सबै संवेदनशील प्राणीहरूको कल्याणको निम्ति प्रार्थना आह्वान गरेका छन्। उनले गुरु पद्मसम्भवको आशीर्वाद सबैमा सदैव रहिरहुन् भनी कामना पनि गरेका छन्।

-हिस

About Author

Advertisement