मुख्यमन्त्रीको निर्देशपछि भांगड़मा कोलकाता पुलिसको विशेष टीम पुग्यो

IMG-20230410-WA0169-11-300x172-16

कोलकाताः मुख्यमन्त्री ममता ब्यानर्जीले दक्षिण २४ परगनाको हिंसाग्रस्त भांगड़लाई कोलकाता पुलिसको अधिकार क्षेत्रमा ल्याउने निर्देश दिएकी छन्। उनले बुधवार पुलिस महानिदेशक र अन्य सम्बन्धित पक्षहरूलाई यसको निम्ति आवश्यक कदम उठाउने निर्देश दिएकी थिइन्। यसपछि बिहिवार दिउँसो लाल बजार स्थित कोलकाता पुलिस मुख्यालयबाट एक विशेष टीम कोलकाता लेदर कम्प्लेक्स थानाका असिस्टेन्ट कमिश्नर र डिप्टी कमिश्नर ऱ्याङ्कका अधिकारीहरूलाई साथमा लिएर भांगड़ पुग्यो। यहाँ राज्य पुलिसका वरिष्ठ अधिकारीहरूको साथ बैठक भयो।

कोलकाता पुलिसको टीमले भांगड़ र करीमपुर थाना क्षेत्रका धेरै ठाउँहरूको भ्रमण गरेको छ। पञ्चायत चुनाउअघिदेखि नै तृणमूल कांग्रेस र आईएसएफका कार्यकर्ताहरूबीच बारम्बार झड़प भएको कारण भांगड़ व्यापक हिंसाको निम्ति सदैव चर्चामा रह्यो। राज्य पुलिसले स्थिति सम्हाल्न नसकेपछि बुधवार मुख्यमन्त्रीले कोलकाता पुलिसलाई यस पूरा क्षेत्रलाई आफ्नो अधिकार क्षेत्रमा लिने निर्देश दिएकी थिइन्। त्यही अनुसार बिहिवार विशेष अधिकारीहरूको टीमले भ्रमण गरी स्थितिको जायजा लिएको छ। अब दक्षिण २४ परगनाको यस क्षेत्रमा कोलकाता पुलिसको राज चल्नेछ भनेर पूरा क्षेत्रमा चर्चा छ। यस्तो स्थितिमा अबाध हिंसा र असीमित हतियार गोला बारूद बम आदि एकत्र गर्नेरूमा भयको माहोल पनि छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement