तृणमूल नेता अराबुलको छोराले पाए सशस्त्र सुरक्षा

IMG-20230410-WA0169-11-300x172-13

कोलकाताः दक्षिण २४ परगनाको भांगड़ क्षेत्र जुन पञ्चायत चुनाउ भएदेखि नै लगातार हिंसाको चपेटमा छ, त्यहाँबाट बहुचर्चित बाहुबली तृणमूल नेता अराबुल इस्लामका छोरा हकीमुल इस्लामलाई पश्चिम बंगाल सरकारले सशस्त्र सुरक्षा उपलब्ध गराएको छ।

चुनाउ भएदेखि नै उनी र उनका छोराले कथित रूपमा ज्यानले मार्ने धमकी पाइरहेका थिए। यसैलाई लिएर उनले एसपी कहाँ सुरक्षाको गुहार लगाएका थिए, जसलाई स्वीकार गरिएको छ। अब उनलाई सुरक्षाको निम्ति एक सशस्त्र गार्ड दिइएको छ।

बिहिवार यसको पुष्टि गर्दै हकिमूलले भने, लगातार आईएसएफ र जमीन रक्षा समितिका मानिसहरूले खुल्ला रूपमा धमकी दिइरहेका छन्। मलाई धेरै पल्ट ज्यानले मार्ने धमकी दिइएको छ। असुरक्षाको बोध भइरहेको थियो, यसैले सुरक्षाको माग गरेको थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement