मालदामा महिलाहरूलाई निर्वस्त्र गरी कुटेको घटनामा मानवाधिकार आयोगले रिपोर्ट माग्यो

IMG-20230410-WA0169-11-300x172-13

कोलकाताः पश्चिम बंगालको मालदा जिल्लान्तर्गत बामनगोला क्षेत्रमा दुई महिलालाई निर्वस्त्र गरी बर्बर तरीकाले कुटेको मामिलामा राष्ट्रिय मानवाधिकार आयोग सक्रिय भएको छ। राज्यका पुलिस महानिदेशक मनोज मालवीय र जिल्ला पुलिस अधीक्षकलाई आयोगको तर्फबाट एउटा चिट्ठी पठाइएको छ। यसमा घटनाको रिपोर्ट दुई साताभित्र मागिएको छ। राज्यका मुख्य सचिव हरि कृष्ण द्विवेदीलाई पनि सम्बन्धित चिट्ठीको प्रति पठाइएको छ।

उल्लेख्य, १९ जुलाईमा मालदामा दुई महिलालाई निर्वस्त्र गरी बर्बर तरीकाले कुटेको भीडियो भाइरल भएको थियो। पुलिसले ती महिलाहरूलाई नै पक्राउ गरी थुनामा पारिएको खबर आयो। ती महिलाहरूले चोरी गरेको आरोप लागेको थियो तर उनीहरूलाई कुट्नेहरू विरूद्ध पुलिसले कुनै कारबाही गरेन। यसलाई लिएर राज्य प्रशासनको आलोचना भइरहेछ।

-हिस

About Author

Advertisement