सिक्किमे नागरिक समाजले मुख्य सचिव विरूद्ध कारबाहीको माग

IMG_20220702_235422.jpg

गान्तोक: राज्यका मुख्य सचिव एससी गुप्ता विरूद्ध कानूनी कारबाही गर्नुपर्ने माग सिक्किमे नागरिक समाज (एसएनएस) ले पुन: दोहोऱ्याएको छ। एसएनएसले राज्य सरकारलाई तीन दिनको समय दिॅंदै मुख्य सचिव विरूद्ध कारबाही गर्न माग गरेको छ। तीन दिनभित्र मुख्य सचिव विरूद्ध कारबाही नगरेको खण्डमा एसएनएस सड़कमा उत्रिने चेताउनी पनि दिइएको छ।
एसएनएस महासचिव पासाङ शेर्पाले राज्य सरकारलाई तीन दिनको अल्टिमेटम दिॅंदै मुख्य सचिव विरूद्ध ठोस कारबाही गर्नुपर्ने माग गरे। उनले राज्य सरकारद्वारा मुख्य सचिव विरूद्ध कारबाही नगर्नु भनेको कि त सरकार अनविज्ञ छ कि त यसमा सरकारको पनि मिलीभगत छ भनी बताए। उनले आगामी तीन दिनमा मुख्य सचिव विरूद्ध कारबाही नगरे एसएनएस सड़कमा निस्कने चेताउनी दिए।
एसएनएस अध्यक्ष भरत बस्नेतले मुख्य सचिव विरूद्ध राज्य सतर्कता विभागमा २ जूनको दिन शिकायत गरिएको, तर अहिलेसम्म कुनै कारबाही नगरिएको बताए। उनले मुख्य सचिवमाथि राज्य सरकारलाई दिग्भ्रमित गरिरहेको आरोप पनि लगाए। मुख्य सचिवले आफ्नो गल्ती र भ्रष्टाचारलाई लुकाउन सरकारलाई पनि मोहरा बनाइरहेको उनले बताए। अर्कोतिर, यतिका समय बितेर जॉंदा पनि सरकारले मुख्य सचिवसॅंग स्पष्टीकरण नमागेकोमा उनले आश्चर्य व्यक्त गरे।
यसैगरी, एसएनएसका मुख्य संरक्षक छितेन टाशी भोटियाले आफुहरूको एकमात्र माग सिक्किम रूल अफ् ल-मा चलोस् भन्ने रहेको बताए। उनले सरकार मुख्य सचिवलाई बचाउन लागिपरेको, तर आफुहरू सिक्किमलाई बचाउन प्रयासरत रहेको दाबी गरे। उनले मुख्य सचिवलाई नछोड्ने र उनी विरूद्ध कानूनी कारबाही गराएर नै छोड्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *