गोरुबथान (महेश्वर प्रधान): “मान्छेले आटे के हुन्न ,
चन्द्रमा पनि भेटिन्छ,
अभागी रेखा निधारको ,
पसिना पुछी मेटिन्छ।”
यो उक्तिलाई चरितार्थ पारेको छ दिव्याङ्ग अभिमन्यु तुरीले यसपटकको नीट परीक्षा पास गरेर।पिता भीम तुरी र माता बिनोदिनी तुरीको सुपुत्र अभिमन्यु रानीचिरा साईली हाटको वासिन्दा हुन्। प्रारम्भिक शिक्षा गोरुबथान सोमबारे बजारमा स्थित निजी विद्यालय रोजमेरी बोर्डिङ स्कुल र बिकास मेमोरियल स्कुलबाट शुरु गरे। उच्च माध्यमिक उनले युद्धवीर उच्चतर माध्यमिक विद्यालयबाट उत्तीर्ण गरे। गोरुबथान सरकारी महाविद्यालयबाट ग्रेज्युएसन पास गरेका थिए।बेचलर अफ लाइब्रेरी एन्ड इन्फर्मेसन साइन्स उनले उत्तर बंगाल महाविद्यालयबाट र एम लिब उनले माधव युनिभर्सिटी, राजस्थानबाट उत्तीर्ण गरे। एम पि ए, पिजिडिसिए परीक्षा पास गरिसकेका छन् अभिमन्युले। उनले यसै वर्ष नीट परीक्षा पास गरेका छन्। उनको यो सफलता सबैको निम्ति प्रेरणा हुन जान्छ।