सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगःदार्जीलिङ पुलिस च्याम्पियन

IMG-20230726-WA0381.jpg

२६ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ पुलिस च्याम्पियन भयो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा बुधवार खेलिएको फाइनलमा दार्जीलिङ पुलिसले भा-तकभर युनाइटेड फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट मनीष सुब्बा, वांगचुक तामाङ, निहाल सेवा र अभिषेक दर्जीले १-१ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको थियो। अब बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीग अनि जशोदा गिरी स्मृति फर्स्ट डीविजन लीगको फाइनल चाहिँ २९ जुलाईमा हुनेछ।

About Author

Advertisement