२६ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ पुलिस च्याम्पियन भयो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा बुधवार खेलिएको फाइनलमा दार्जीलिङ पुलिसले भा-तकभर युनाइटेड फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो।

विजेता टीमबाट मनीष सुब्बा, वांगचुक तामाङ, निहाल सेवा र अभिषेक दर्जीले १-१ गोल गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको थियो। अब बेणु सुब्बा स्मृति प्रीमियर डीविजन लीग अनि जशोदा गिरी स्मृति फर्स्ट डीविजन लीगको फाइनल चाहिँ २९ जुलाईमा हुनेछ।