राईमाटाङ चिया श्रमिकहरूद्वारा कमान कार्यालय घेराउ

8ec9ff59-c1b7-44bd-b1bb-1f138138b6a9

कालचिनी – एक पाक्षिक वेतन नदिएकोले आज बक्सा डुवर्स टी कम्पनी लिमिटेड अधिनस्थ रहेको राईमाटाङ चियाबारीका श्रमिकहरूले काममा नगई कमान कार्यालय घेराउ गरेको थियो। बिहान ७ बजीदेखि प्रायः ११ बजीसम्म उक्त घेराउमा बसेको श्रमिकहरूले काम गरेको वेतन पाउनलाई यसरी घेराउ आन्दोलन गर्नुपर्ने बाध्यता परेको र सुखा पाक्षिक वेतन गत शनिबार दिनुपर्ने थियो। त्यसै वेतनको भरमा श्रमिक परिवारहरूले रासन सब्जी गर्नुपर्ने तर सोमबारसम्म पनि कमान प्रबन्धनपक्षले वेतन दिने कुनै लक्षण नदेखाएपछि आज कुनै युनियनहरूको दवाब नमान्दै बाध्य भएर श्रमिकहरू एकजुट बनेर काम बन्द राख्दै कमान कार्यालय घेराउ गरेको जनाएका छन्।

कमान खोलिएको नाम मात्र छ तर खोलिन्दा गरिएको चुक्तिअनुसार कम्पनीले श्रमिकहरूको पीएफ ग्रेच्युटी रकम भुगतान नगरेको र श्रमिकहरूले १५ दिनसम्म कमाएको पाक्षिक वेतनसम्म दिन नसक्ने अयोग्य मालिकपक्षले कमान छोड़ेर जाने समेत माग गरेका छन्। आज उक्त धरना अवधि कमानको सिनियर प्रबन्धकलाई कार्यालयमा नै श्रमिकहरूले घेराउ गरेर राखेको थियो भने प्रबन्धनपक्षले वेतन दिने वा नदिन बारे कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन्। यता प्रायः ४ घन्टासम्म चलेको घेराउको कुनै नतिजा निस्कन नसक्दा श्रमिकहरूले दिउँसो प्रायः ११ बजी घेराउ आजको लागि फिर्ता लिएको थियो भने भोलिसम्म कुनै प्रकारको फसेला नभए पुनः घेराउ र काम बन्द गरिने श्रमिकहरूले चेताउनी दिएका छन्। यता उक्त घेराउ सम्बन्धमा श्रमिक यूनियनको नेताहरूले कुनै टिप्पणी गर्न नमाने तापनि आज युनियनहरूको सहमति बिना नै श्रमिकहरूले सौदापात गर्न फिटीफिटी परेकोले नै एकजुट भएर घेराउ गरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement