माकपाको बैठकमा ममताको उपस्थितिमा माकपा नेताहरू सामेल भएकोमा प्रश्न उठाइयो

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः पञ्चायत चुनाउ सम्पन्न भएपछि जनाधारको समीक्षाको निम्ति माकपाको दुई दिवसीय बैठक मंगलवारदेखि शुरू भयो। यसमा केवल पार्टी पदाधिकारीहरूलाई सामेल हुने अनुमति दिइएको छ। मिडियामा पनि फोटोहरू मात्र साझा गरिएका छन्। बुधवार सूत्रहरूले भने, पहिलो दिनको बैठकमा राष्ट्रिय स्तरमा गठबन्धनको नाममा तृणमूल सुप्रीमो ममता ब्यानर्जीसॅंग पार्टी नेताहरू सामेल भएको विषयलाई लिएर प्रश्न उठाइयो। मंगलवार पहिलो दिनको बैठक अबेर रातिसम्म चलेको थियो।

बैठकमा अधिकांश नेताहरूले प्रश्न उठाउॅंदै भने, लोकतन्त्र बचाउने नाममा विपक्षको यस्तो बैठकमा माकपाका शीर्ष नेताहरू किन सामेल भइरहेका छन् जसमा तृणमूल सुप्रीमो ममता ब्यानर्जी उपस्थित छन्? माकपा पोलित ब्यूरोका सदस्य सीताराम येचुरी पटना र बेङलुरुमा भएको पार्टीको बैठकमा सामेल थिए। यसलाई लिएर बैठकमा प्रश्न उठाइयो, बंगालमा सबैभन्दा धेरै लोकतन्त्र खतरामा छ भने ममतालाई राष्ट्रिय स्तरमा साथ दिनुको के अर्थ छ? यसको बंगालमा गलत सन्देश जानेछ।

बैठकमा मोहम्मद सलीमसॅंग सुजन चक्रवर्ती र अन्य नेताहरू पनि उपस्थित थिए। मोहम्मद सलीमले तमाम प्रश्नहरूको जवाफ दिॅंदै भने, भाजपा विरूद्ध एकजुट लडाईको निम्ति माकपाले कांग्रेसलाई साथमा लिएको छ। विपक्षी गठबन्धनको नाम इन्डिया राखिएको छ जसबाट यदि माकपा बाहिर भयो भने मानिसहरूमा गलत सन्देश जानेछ। केन्द्रको सत्ताबाट भाजपालाई हटाउन सबै दल एकजुट बन्नु आवश्यक छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement