डेङ्गूको लक्षण देखिएका बिरामीहरूलाई अस्पतालले रेफर गर्ने छैनः स्वास्थ्य विभाग

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः पश्चिम बंगालमा मच्छर जनित डेङ्गू संक्रमणले मृत्यु शुरू हुन साथ राज्य स्वास्थ्य विभाग यसको रोकथामको निम्ति सक्रिय बनेको छ। राज्यका विभिन्न अस्पतालहरूमा डेङ्गूको लक्षण देखिएपछि बिरामीहरूको इमरजेन्सीमा प्रारम्भिक जॉंचपछि अन्य ठूला अस्पतालहरूमा रेफर गरिरहेको आरोप उठेको छ। यसलाई लिएर एक दिनअघि राज्य स्वास्थ्य विभागले कडा निर्देशिका जारी गरेको छ। यसमा डेङ्गू लक्षण देखिएका कुनै पनि बिरामीलाई रेफर नगर्न स्पष्ट आदेश जारी गरिएको छ।

स्वास्थ्य विभागका सूत्रहरू अनुसार, वर्षा शुरू भएपछि डेङ्गू संक्रमणको खतरा बढेको थियो भने स्वास्थ्य विभागले प्रत्येक जिल्लामा भ्रमणको निम्ति टीम पठाएको थियो। सोही टीमले विभिन्न अस्पतालहरूमा डेङ्गू लक्षण देखिएका बिरामीहरूलाई रेफर गरिरहेको बताएको थियो। उक्त रिपोर्ट पाएपछि स्वास्थ्य विभागले निर्देशिका जारी गरेर कुनै पनि सरकारी अस्पतालबाट बिरामी रेफर गर्न पाइने छैन भनी स्पष्ट जनाएको छ। बिरामीहरू रेफर गर्ने अस्पतालहरू विरूद्ध कारण बताउ नोटिस जारी गरिने छ। सन्तोषजनक जवाफ नपाएको खण्डमा सम्बन्धित अधिकारीहरू विरूद्ध कडा कारबाही गरिने पनि उल्लेख छ।

-हिस

About Author

Advertisement