गरीब जनकल्याण प्रकोष्ठको पहलमा सदाममा निःशुल्क स्वास्थ्य शिविर आयोजित

IMG-20220702-WA0170.jpg

सदाम: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा हाल एसकेएम पार्टीको भ्रातृ संगठन गरीब जनकल्याण प्रकोष्ठले आज दक्षिण सिक्किमको सदाममा निःशुल्क स्वास्थ्य शिविर आयोजन गऱ्यो। सदाम स्कूलको खेल मैदानमा सम्पन्न स्वास्थ्य शिविरमा सयौं विरामीहरूले यसको लाभ उठाए। गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोलेको पहलमा आयोजित शिविरमा वरिष्ठ विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा १४ प्रकारको रोगका विरामीहरूको जाँच गरियो भने उनीहरूलाई निःशुल्क औषधि साथै शल्यक्रिया गर्नपरे शिविरले नै यसबारे उचित पहल गर्ने कार्य गरियो। आजको शिविरमा दक्षिण सिक्किमको सुदूर अनि दुर्गम क्षेत्रहरूबाट पनि विरामीहरू उपचार गराउन आएका थिए। उनीहरूले यसरी निःशुल्क स्वास्थ्य सेवा पाएकोमा गरीब जनकल्याण प्रकोष्ठ साथै राज्य़ सरकारप्रति धन्यवाद दिएका छन्।

जानकारी गराइन्छ, गरीब जनकल्याण प्रकोष्ठले हाल राज्यका सुदूर अनि दूर्गम क्षेत्रहरूमा निशुल्क स्वास्थ्य शिविर आयोजन गरेर गरीब, निमुखाहरूलाई पनि उचित समयमा उपचारको व्यवस्था गराइरहेको छ। राज्यभरि स्वास्थ्य शिविर आयोजन गर्ने लक्ष्य लिएर पहल शुरु गरिसकेको गरीब जनकल्याण प्रकोष्ठले यसअघि पनि सातवटा स्वास्थ्य शिविर सफलतापूर्वक आयोजन गरिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement