गान्तोक: हिजो राति ८.३० बजीतिर यहाँको भुसुकस्थित रोरोचु खोलामा एउटा ट्रक दुर्घटनाग्रस्त बनेको छ। प्राप्त जानकारी अनुसार, ट्रकका खलासीलाई घटनास्थलबाट दुर्घटनापछि स्थानीयहरूले उद्धार गरेर एसटीएनएम अस्पतालमा भर्ना गराएको छ भने चालक हालसम्म निखोज रहेको जानकारी प्राप्त भएको छ। निखोज रहेका चालक सुरेन तामाङकोरूपमा चिन्हित गरिएको छ भने उनी सुदेखलाखा निवासी रहेको थाहा लागेको छ।
दुर्घटनाबारे जानकारी पाउनसाथै क्षेत्र विधायक एवं राज्यका शिक्षा मन्त्री कुङ्गा निमा लेप्चाको निर्देशनमा आज बिहानदेखि नै निखोज रहेका चालकको खोजी अभियान शुरू गरेको छ। खोजी अभियानमा पुलिसका जवानहरू, एनडीआरएफ, एसकेएम युवा प्रतिनिधिहरू साथै स्थानीय मानिसहरू लागि परेका छन्।