जलपाईगढी: जलपाईगढी जिल्लाको धुपगढी विधानसभा क्षेत्रका भाजपा विधायक विष्णु पद रोयको मंगलबार बिहान निधन भयो। सोमबारदेखि शुरु भएको विधानसभाको मनसुन अधिवेशनमा सहभागी हुन आइतबार साँझ कोलकाता आएका थिए। तर, आइतबार राति छाती दु:खेको बताएपछि उनलाई कोलकाताको अस्पतालमा लगिएको थियो, जहाँ उनको आज बिहान निधन भएको थियो। उनी ६१ वर्षका थिएl विपक्षी दलका नेता शुभेन्दु अधिकारीले रोयको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गरेका छन्। शुभेन्दु अधिकारीले ट्विट गर्दै भनेका छन्, ‘मेरा सहकर्मी र धुपगुरीका विधायक विष्णु पद रोयको असामयिक निधनले म गहिरो दुःखी छु। मुटुमा समस्या देखिएपछि उनलाई पीजी अस्पतालमा भर्ना गरिएको थियो। बंगाल बीजेपी विधायक पार्टीको तर्फबाट, म उहाँको परिवार र साथीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँको आत्माले शान्ति पाओस्। ओम शान्तिl’