राज्यपालले गरे सिक्किम महिला पत्रकार संघको कार्यको सराहना

pat_617

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज राजभवन परिसरमा महिला पत्रकार संघ, सिक्किमकी महासचिव भावना बस्नेत एवं टोलीले शिष्टाचार भेट गरे। महिला पत्रकार संघका कार्यहरूको सराहना गर्दै राज्यपालले भने, सिक्किमको सशक्ति नारी शक्तिले आफ्नो कलमको माध्यमद्वारा मानिसहरूको आवाजलाई जन-जनसम्म पुऱ्याउने सराहनीय काम गरिरहेका छन्। पत्रकारिता यस्तो माध्यम हो जसद्वारा मानिसहरूको भित्री सोच विकसित हुन्छ तथा समाज र देशलाई जोड्ने काम गर्दछ।

राज्यपालले समाजलाई एक सूत्रमा बॉंधने र मानिसहरूमा प्रेम अनि सौहार्दको भावनालाई अझ प्रगाढता प्रदान गर्ने दिशामा कार्य गर्न बल दिए। महिला पत्रकार संघ, सिक्किमले विगत धेरै वर्षदेखि सिक्किमको पत्रकारिताको क्षेत्रमा आफ्नो सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको बताइएको छ।

-हिस

About Author

Advertisement