सीमामा १७ किलो चाँदीको आभूषण जफत

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः पश्चिम बंगालको भारत-बांग्लादेशी सीमामा तैनात सीमा सुरक्षा बल (बीएसएफ) ले उत्तर २४ परगनामा सीमामा १७ किलो चांदीको आभूषण जफत गरेको छ। यसको मूल्य १० लाख ३८ हजार ९९६ रूपियाँ छ। तस्करले यसलाई भारतदेखि बांग्लादेश सीमा नाघ्ने प्रयास गरिरहेका थिए तर ठोस सूचनाको आधारमा बीएसएफका जवानहरूले यिनीहरूलाई सीमा चौकी हकीमपुर नजिक घेरेका थिए।

जवानहरूलाई आफूतिर आएको देखी तस्करहरू गहनाको ब्याग फ्याँकेर भागेका थिए। घटनास्थलबाट १५ प्याकेट उद्धार गरियो, जसमध्ये १७ किलो १०० ग्राम चाँदीको आभूषण उद्धार गरिएको छ। यसलाई अघिको कानूनी कारबाहीको निम्ति कस्टम विभाग तेतुलियालाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement