पतिको हत्याको आरोपमा पत्नी सहित तीन पक्राउ

IMG-20230528-WA0320-5-300x172-8

सिलगढ़ीः पतिको हत्याको आरोपमा प्रधान नगर थाना पुलिसले पत्नी सहित तीन जनालाई मंगलवार पक्राउ गरेको छ। पक्रा परेका आरोपितहरूको नाम सुमित्रा राय घोष (२६), सुचित्रा बर्मन (२३) र नन्दा राय (२६) बताइएको छ।

उल्लेख्य, सोमवार प्रधान नगर थाना अन्तर्गत समर नगर क्षेत्रमा एउटा घरभित्र तपन घोषको फन्दाबाट झुण्डेको शव उद्धार गरिएको थियो। जसपछि मृतकको परिवारले मृत्युको निम्ति उसकी पत्नी सुमित्रामाथि सन्देह जाहेर गरेको थियो। जसपछि प्रधान नगर थाना पुलिसले मृतक तपन घोषकी पत्नी सुमित्रालाई हिरासतमा लिएर सोधपुछ गऱ्यो।

सोधपुछमा सुमित्राले आफ्नो अपराध स्वीकार गरेको बताइएको छ। यस अपराधमा उसकी बहिनी सुचित्रा र साथी नन्दाले साथ दिए। यसपछि पुलिसले मृतककी पत्नी, साली र साथीलाई हत्याको आरोपमा आज पक्राउ गऱ्यो। प्रधान नगर थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement