दुई दिनमा कोलकातामा डेङ्गूले दुईको मृत्यु

IMG-20230410-WA0169-11-300x172-11

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा झरीको मौसम शुरू हुनसाथ डेङ्गूले मानिसहरू मर्ने क्रम पनि शुरू भएको छ। गत दुई दिनमा दुई जनाको मृत्यु भएको खबर छ, जसलाई लिएर प्रशासनको चिन्ता बढ्न थालेको छ।

कोलकाताको राजकीय बेलेघाटा आईडी अस्पतालमा ४५ वर्षीय एक महिलाको उपचार भइरहेको समय मृत्यु भयो। महिला नदिया जिल्लाको राणाघाट थाना अन्तर्गत धानतला निवासी बताइएकी छन्। अस्पताल सूत्रहरू अनुसार, गत साता उसलाई भर्ती गराइएको थियो। जाँचमा डेङ्गू संक्रमणको पुष्टि भएपछि महिलाको उपचार चलिरहेको थियो तर उसलाई बचाउन सकिएन। महिलाअघि एक १० वर्षीय नानीको पनि मृत्यु भएको थियो।

दुई दिनमा दुई जनाको मृत्यु भएपछि राज्य स्वास्थ्य विभागले निगरानी शुरू गरेको छ। राज्य स्वास्थ्य सेवाका निदेशक सिद्धार्थ नियोगीले मंगलवार भने, कोलकाता समेत वरिपरिका धेरै ठाउँहरूमा डेङ्गू संक्रमणको जानकारी पाइएको छ। नगर निगम र अस्पतालहरूलाई रिपोर्ट दिनलाई भनिएको छ। राज्य सरकार उत्तम उपचारको व्यवस्था गर्नमा जुटेको छ।

-हिस

About Author

Advertisement