मेघालयको मुख्यमन्त्री कार्यालयमा आक्रमण, पाँच सुरक्षाकर्मी घाइते

00-1-Rashtriya-Samachar-24

शिलंग: मेघालयका मुख्यमन्त्री कनराड साङ्गमाको तुरास्थित कार्यालयमा गए सोमबार साँझ भीड़ले आक्रमण गऱ्यो। यस आक्रमणमा मुख्यमन्त्री साङ्गमा सुरक्षित भए पनि उनका पाँच सुरक्षाकर्मीहरू घाइते भएका छन्। स्थितिलाई नियन्त्रण गर्नको लागि तुरा शहरमा रात्रिकालून कर्फ्यू लगाउन पऱ्यो। आक्रमण भएको बेलामा मुख्यमन्त्री साङ्गमाले अचिक कन्शियस होलिस्टिकली इन्टीग्रेटेड क्रिमा र गारो हिल्स स्टेट मुभमेन्ट कमिटीका प्रतिनिधिहरूसित वार्ता गरिरहेका थिए। यी दुई संगठनका सदस्यहरू बितेको १४ दिनदेखिकै तुरालाई विन्टर क्यापिटल बनाउनुपर्ने मागमा अनशनमा बसेका छन्। मुख्यमन्त्रीको वार्ता समाप्त भइसक्नसाथ अचानक भीड़ आएर उनीमाथि ढुङ्गामुड़ा गर्नथाल्यो। यस घटनाले तनाव सृजना गऱ्यो। पुलिसलाई आश्रु ग्यासका गोलाहरू छोड़्नुपऱ्यो। भीड़ले मुख्यमन्त्री कार्यालयको गेट भत्काउने प्रयास पनि गऱ्यो।

मुख्यमन्त्री साङ्गमाले हिंसामा घाइते सुरक्षाकर्मीहरूको स्थितिबारे जानकारी लिए। उनले घाइते सुरक्षाकर्मीहरूको लागि पचास हजार रुपियाँ सहयोग राशि र उपचार खर्च वहन गर्ने घोषणा पनि गरे। मुख्यमन्त्री कनराड साङ्गमाले भनेका छन्, ‘यो आक्रमण दुर्भाग्यपूर्ण छ। यी संगठनका प्रतिनिधिहरूलाई पनि थाहा छैन् कि आक्रमणकारीहरू को हुन्। यिनीहरू बाहिरबाट आएका थिए जसको पत्तो लगाइँदैछl’ –हिस

About Author

Advertisement