९९९ श्रद्धालुहरूको नयाँ दल अमरनाथ गुफाको लागि प्रस्थान

00-1-Amarnath._858-1

जम्मू: जम्मूको भगवती नगर आधार शिविरबाट अमरनाथ यात्रा एक दिनको लागि स्थगित भएपछि बिहीबार ९९९ श्रद्धालुहरूको नयाँ दल अमरनाथ गुफा तर्फ प्रस्थान भएको छ। गए बुधवार जम्मू-श्रीनगर राष्ट्रिय राजमार्गमा पैह्रो गएको कारणले अमरनाथ यात्रालाई एक दिनको लागि स्थगित गरिएको थियो। यातायात अधिकारीहरूले बताए, बुधबार बिहानै तीन बजे रामबन जिल्लाको मारूग नजिक भीषण पैह्रो गएपछि १८ घण्टाभन्दा अधिक समयस्म राजमार्ग बन्द रह्यो। राजमार्गमा पटक-पटक पहाड़बाट ढुङ्गा-माटो झरिरहेको कारणले यस मार्गमा यातायात बहाल गर्नमा पनि बाधा उत्पन्न भइरहेको थियो। तथापि अबेर साँझसम्ममा फसेका वाहरूको लागि यसलाई आंशिक रूपमा भए पनि खोलियो। यातायात विभागका एकजना अधिकारीले बताए, सबै फसेका वाहनहरूलाई निकालिएपछि आज बिहान जम्मू अनि श्रीनगर दुवै तिरबाट नयाँ यातायातको निम्ति अनुमति दिइयो।

अधिकारीहरूले बताए, राजमार्ग खोलिनसाथ अमरनाथ श्रद्धालुहरूको ३७औं दललाई बिहान ३३ वाहनहरूको माध्यमबाट भगवती नगर आधार शिविरदेखि घाटी तर्फ प्रस्थान गर्ने अनुमति दिइयो। ४२२ श्रद्धालुहरू गांदरबल जिल्लाको बालटाल आधार शिविर तर्फ गए ५७७ श्रद्धालुहरू अनन्तनाग जिल्लाको पारम्परिक मार्गबाट यात्रा शुरू गर्नको लागि पहलगाम आधार शिविर तर्फ प्रस्थान भए। -हिस

About Author

Advertisement