हेमिल्टनगञ्ज उच्च माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा योजना शुरु

a61a6ec1-2282-449b-ac28-4a4314e813d6

कालचिनीः आजादीको अमृत महोत्सव अन्तर्गत बिहीबारदेखि कालचिनी खण्डको हेमिल्टनगञ्ज उच्च माध्यमिक विद्यालयको एनएसएस अर्थात नेशनल सर्भिस स्कीम यूनिटद्वारा सचेतना कार्यक्रम शुरु गरियो। यस अन्तर्गत बिहीबार स्कूलका एनएसएस स्वयंसेवकहरूले हेमिल्टनगञ्ज बजारको परिक्रमा गर्दै वृक्षारोपण गरेका थिए।
९ अगस्तदेखि एनएसएसको यो कर्मसूची आगामी ३० अगस्तसम्म चल्ने बताईएको छ भने विभिन्न कार्यक्रम गर्दै समाजसेवाको भावना जागृत गर्नलाई यो कर्मसूची शुरु गरिएको स्कूलका एनएसएस यूनिटले जनाएका छन्।

About Author

Advertisement