८ जुलाईमा  राहुल गान्धी जुलाई मणिपुरको भ्रमण गर्ने सम्भवना

Rahul-Gandhi-Congress-Leader

गुवाहाटी: कांग्रेस सांसद तथा लोकसभामा विपक्षी नेता राहुल गान्धी जुलाई ८ मा मणिपुर भ्रमण गर्न सक्छन्। पार्टी स्रोतले सो जानकारी दिएको छ। यस अवधिमा उनले राहत शिविरको भ्रमण गर्ने र मणिपुर कांग्रेसका नेताहरूलाई पनि भेट्ने अपेक्षा गरिएको छ। स्रोतका अनुसार गान्धीले सोही दिन मोइराङ र चुराचन्दपुरलगायत विभिन्न स्थानको भ्रमण गरी राहत शिविरमा आश्रय लिएका आन्तरिक विस्थापितहरूसँग अन्तरक्रिया गर्नेछन्। यस वर्ष राहुल गान्धीले मणिपुरको थौबलबाट पार्टीको जनसम्पर्क कार्यक्रम भारत जोडो न्याय यात्राको शुरुवात गरेका थिए। यो यात्राले मणिपुरदेखि मुम्बईसम्मका १५ राज्यहरूमा ६,७०० किलोमिटरभन्दा बढीको दूरी तय गरेको थियो। यो पनि पढ्नुहोस् – मणिपुरको ‘सारेङ परियोजना’ ले सफल प्रजननको साथ कोसेढुङ्गा हासिल गर्यो यस वर्षको सुरुमा, मणिपुरको एक र्‍यालीमा, राहुल गान्धीले राज्यमा भर्खरै भएको जातीय द्वन्द्वलाई लिएर भाजपाको आलोचना गरेका थिएl जसमा २०० भन्दा बढी मानिसहरूले ज्यान गुमाए। राज्यमा कुकी र मेइतेई समुदायहरू बीचको जातीय द्वन्द्व मई २०२३ मा शरु भएको थियो, र महिनौंसम्म चलेको हिंसामा २२० भन्दा बढीको ज्यान गएको छ।

About Author

Advertisement