५ जुलाईको दिन भारतीय गोर्खा युवा शक्तिको खरसाङमा वृहत् युवा जनसभा हुने भारतीय गोर्खा युवा शक्तिको घोषणा

IMG-20260624-WA0050

खरसाङ: आगामी ५ जुलाईको दिन भारतीय गोर्खा युवा शक्तिको खरसाङमा वृहत् युवा जनसभा हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन भारतीय गोर्खा युवा शक्तिले घोषणा गरेको छ। युवा शक्तिले गोर्खा जातिको आङमा घाम लाग्ने अनि आजसम्म गोर्खाले पर्खिरहेको मुद्दा पार लाग्ने समय आएको छ भन्दै यो विश्वास दार्जिलिङ पहाडमा बस्ने गोर्खा जातिको मात्र नभएर विश्वमा नै बसेका गोर्खाहरूको रहेको छ भनी बताएको छ। यसै विषयलाई लिएर आज भारतीय गोर्खा युवा शक्ति खरसाङ महकुमा अन्तर्गतका प्रतिनिधिहरुको एउटा सभा सम्पन्न भएको छ।
जातिको मुद्दा पार लगाउनका निम्ति जीटीएको मियाद हुँदा-हुँदै पनि जीटीए जातीय मुद्दाको निम्ति बाधा नहोस् भनेर केन्द्रीय अध्यक्ष अनित थापाले मुख्य कार्यपालको पद नै त्यागि दिएको युवा शक्तिले बताएका छन्। युवा शक्ति केन्द्रीय प्रवक्ता अनित खातीले सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भने, ‘युवा शक्ति आज पनि दह्रिलो संगठन हो। आगामी दिनमा हामी जातीय मुद्दालाई अघि बढाउन आगामी पाँच जुलाईको दिन खरसाङमा बृहत जनसभा आयोजना गर्नेछौँ। यस जनसभामा दार्जिलिङ, खरसाङ, मिरिक अनि कालेबुङ क्षेत्रका सम्पूर्ण युवा शक्तिहरूको उपस्थिति रहनेछ।
हिजोको दिन आन्दोलन गर्ने पनि यही युवाहरू हौँ। जनसभामा युवा शक्तिले वर्तमान राजनीतिक अवस्था माथि आफ्नो टेक राख्नेछ।
सबै युवाहरूलाई तयार हुने आव्हान गर्दछ।’

About Author

Advertisement