सिलगढीः सिलगढीको मटिगढा थाना अन्तर्गत विश्वास कोलोनी क्षेत्रमा मटिगढा पुलिस थाना र एसओजीको संयुक्त अभियानमा ५१ ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेको नाम मनोज क्षेत्री हो। उनी मङ्पु क्षेत्रका बासिन्दा हुन्। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा पुलिसले कारबाहीका क्रममा यो ब्राउन सुगर बरामद गरेको हो।










