३३ टन मकैसितै हराएको ट्रक गरियो उद्धार

IMG_20221119_160610.jpg

सिलगढी: झण्डै ३३ टन मकै बोकेको एउटा ट्रक लिएर केही दुष्कृतिहरूले भागेका थिए।यसको खबर पाउने बित्तिकै पुलिस जाँचमा जुटे।आज जाँचमा जुटेका पुलिसले चोरी गरेको ट्रक उद्धार गरेको छ। ट्रक उद्धार भए तापनि उक्त ट्रकबाट लगभग आधा मकै चोरी भएको ट्रक मालिकको आरोप रहेको छ। प्राप्त जानकारी अनुसार फुलबारी संलग्न जोटियाकाली निवासी जब्बार अलीले प्रतिदिन झैँ गत शुक्रबार राति ट्रकमा मकै लोड गरेर आफ्नो घर अघि राखेका थिए। यसपछि बिहान उठेर हेर्दा राखेको ठाउँमा ट्रक नभेट्टाएपछि तिनले घटनाबारे एनजेपी थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले चोरी भएको केही घण्टाको अवधिमै फुलबारी २ नम्बर अञ्चलको नावापाड़ाबाट उक्त चोरी भएको ट्रक उद्धार गरे तापनि ट्रकबाट आधा मकै चोरी भएको थियो। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।

About Author

Advertisement