२९ जनवरीमा गोरामुमोले मञ्जु पार्कमा सुवास घिसिङ र धनमाया घिसिङको समाधि निर्माण गर्न भुमि पूजा गर्ने

00-1-IMG-20230111-WA0302

दार्जीलिङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले आउँदो २९ जनवरीमा मञ्जु पार्क मिरिकमा सुवास घिसिङको नवौं पुण्यतिथिमा श्रद्धाञ्जली सभा साथै सुवास घिसिङ र उनकी धर्मपत्नी धनमाया घिसिङको समाधी निर्माण गर्न भूमि पूजा गर्ने भएको छl यसबारेमा गोरामुमो केन्द्रीय समितिका प्रवक्ता वाई लामाले जानकारी दिएका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘गोरामुमो अध्यक्ष मन घिसिङ साथै गोरामुमो केन्द्रीय समितिको  निधोमा सुवास घिसिङको जन्मस्थल मञ्जु चियाबारीमा भएको साथै उनको अन्तिम संस्कार पनि मञ्जु पार्कमा भएको हुनाले त्यहाँ नवौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छl’ त्यस दिन सबैलाई उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरिदिने वाई लामाले अपिल गरेका छन्। त्यस दिन स्व. सुवास घिसिङलाई श्रद्धाञ्जली कार्यक्रम सँगसँगै उनकी धर्मपत्नी धनमाया घिसिङलाई सम्झाना गर्दै श्रद्धाञ्जली अर्पण गरिने उनले बताएl उनले भने, ‘आज सुवास घिसिङलाई विश्वले चिन्छ सबैले माया गर्छन्  यस्तो जान्ने बुझ्ने बनायो भने त्यसको पछाडी उनकी धर्मपत्नी धनमाया घिसिङको ठूलो योगदान छ। उनको योगदानलाई कदर गर्दै त्यस दिन उनलाई साँचो श्रद्धाञ्जली अर्पण निधो गरेका छौँl’

About Author

Advertisement