२७ मार्चमा मुख्यमन्त्री अरविन्द केजरीवालको पक्राउलाई चुनौती दिने याचिका माथि सुनवाई

65fd5ea87d02d-arvind-kejriwal-dedicated-to-country-regardless-of-whether-in-jail-or-outside-223415506-16x9.jpg

नयाँ दिल्ली: दिल्ली हाई कोर्टले दिल्ली आबकारी घोटाला मामिलामा पक्रा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पक्राउलाई चुनौती दिने याचिकामाथि २७ मार्चमा सुनवाई गर्नेछ।

केजरीवालले गत २३ मार्चमा हाई कोर्टमा याचिका दर्ता गरी २४ मार्चमा सुनवाई गर्ने माग गरेका थिए, तर तत्काल सुनवाई गर्न अस्वीकार गर्दै हाई कोर्टले २७ मार्चमा सुनवाई गर्ने आदेश दिएको थियो। याचिकामा राऊज एभेन्यू कोर्टको आगामी 28 मार्चसम्म ईडीको हिरासतमा राख्ने आदेशलाई चुनौती दिइको छ। केजरीवालले भनेका छन्, उनी वर्तमान सरकारका मुखर आचोलक रहेकै कारण उनलाई पक्राउ गरिएको हो।

दिल्ली हाई कोर्टबाट अरविन्द केजरीवाललाई पक्राउदेखि संरक्षण प्राप्त नभएपछि ईडीले गत २१ मार्च अबेर साँझ जाँचबुझपछि उनलाई पक्राउ गरेको थियो। ईडी अनुसार अरविन्द केजरीवाल आबकारी नीति घोटालाका मुख्य षड़यन्त्रकारी हुन्। ईडीलाई केजरीवालको घरमा छापामारी गर्दा धेरैवटा महत्वपूर्ण कागजपत्रहरू प्राप्त भएको छ जसबाट थाहा लाग्छ कि केजरीवालले दुईजना ईडी अधिकारीहरूको सुराकी गरिरहेका थिए।

ईडी अनुसार विजय नायर दिल्ली सरकारका मन्त्री कैलाश गलहोतलाई दिइको घरमा बस्दै आइरहेका थिए। उनले साउथ ग्रुप औ आम आदमी पार्टीबीच मध्यस्थको भूमिका निर्वाह गरे। अरविन्द केजरीवालले साउथ ग्रुपबाट घूस मागे। केजरीवालले कवितासित भेट गरेका थिए। ईडी मुताविक आबकारी नीतिलाई आम आदमी पार्टीको गोवा चुनाउमा फण्डिंगको लागि परिवर्तन गरियो।

About Author

Advertisement