२५ किलो गाँजासहित २ जना पक्राउ

IMG-20231004-WA0213.jpg

सिलगढी: भक्तिनगर थाना पुलिसले सूचनाको आधारमा छापा मारेर सिलगढीको पीसी मित्तल बस टर्मिनलबाट करिब २५ किलो २०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। भक्तिनगर पुलिसले बुधबार दिउँसो त्यस क्षेत्रमा छापा मारेको थियो। पक्राउ परेका दुई जनाको नाम श्रीमंत बर्मन र तारुणी बर्मन रहेका छन्। दुवै कुचबिहारका बासिन्दा हुन्। उनीहरुको साथबाट पुलिसले कार बरामद गरेको छ। पक्राउ परेका दुवैलाई भोलि जलपाईगुडी अदालतमा पठाइनेछ।

About Author

Advertisement