२५९ ग्राम ब्राउन सुगरसहित सिलिगुडीमा तीन जना पक्राउ

FB_IMG_1786009248733

सिलगढी: प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित सिलगढी पुलिसले तीन जनालाई पक्राउ गरेको छ। सिलिगुडी पुलिस आयुक्तालय अन्तर्गतको सिलगढी थाना मातहत रहेको खालपाडा टीओपी-२ को पुलिस टोलीले बर्द्धमान रोड क्षेत्रमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
​विशेष सूचनाको आधारमा ०५ अगस्ट २०२६ को साँझ सञ्चालन गरिएको उक्त अपरेसनका क्रममा पुलिसले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बिहारको किसनगन्ज, ठाकुरगन्जस्थित बाघमारा निवासी २९ वर्षीय सहजमाल र १८ वर्षीय अर्शदका साथै सिलिगुडी वार्ड नम्बर ७, कोइला डिपो निवासी ३३ वर्षीय अञ्जुम कौसर रहेका छन्।
​तलासीको क्रममा उनीहरूको कब्जाबाट २५९ ग्राम ब्राउन सुगर बरामद गरी कानुन बमोजिम जफत गरिएको छ। पक्राउ परेकाहरूविरुद्ध लागूऔषध सम्बन्धी ऐन (एनडीपीएस एक्ट) अन्तर्गत सिलिगुडी थानामा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको पुलिसले जनाएको छ।

About Author

Advertisement