२२ जनवरीका दिन सिक्किम सरकार अधीनस्थ कार्यालयहरू आधा दिन छुट्टी

IMG-20230410-WA0169-11-300x172-5

गान्तोक: सिक्किम सरकारले २२ जनवरी आधा दिन छुट्टी घोषणा गरेको छ। भोलि अर्थात २२ जनवरीका दिन सिक्किम सरकार अधीनस्थ सबै कार्यालयहरू, शैक्षिक संस्थानहरू र सार्वजनिक क्षेत्रका उपक्रमहरू दिउॅंसो २:३० बजीसम्म बन्द रहनेछन्।

राज्य सरकारका मुख्य सचिव वीबी पाठकद्वारा जारी गरिएको एक अधिसूचनामा उक्त जानकारी दिइएको छ।

हिजो जारी गरिएको अधिसूचना अनुसार, १८ जनवरी, २०२४ का दिन केन्द्रिय कार्मिक, जन गुनासो एवं पेन्शन मन्त्रालयले जारी गरेको अफिस मेमोरेण्डमको आधारमा २२ जनवरीका दिन राज्यव्यापी रूपमा राज्य सरकार अधीनस्थ सबै कार्यालयहरू, शैक्षिक संस्थानहरू र सार्वजनिक क्षेत्रका उपक्रमहरू दिउॅंसो २:३० बजीसम्म बन्द रहनेछन्।

उल्लेखनीय छ, भोलि, २२ जनवरीका दिन अयोध्यामा श्रीरामललाको विग्रहको प्राण प्रतिष्ठा गर्भगृहमा गरिने छ। यस ऐतिहासिक अनुष्ठानलाई ध्यानमा राख्दै केन्द्र सरकारले पनि भोलि दिउॅंसो २:३० बजीसम्म सबै कार्यालयहरू बन्द राख्ने घोषणा गरिसकेको छ।

About Author

Advertisement