२० वटा विलुप्त हुन लागेको गिद्ध मुक्त आकासमा छोड़ियो

4910362b-5956-4ee3-b0af-1f24b1e6533e


कालचिनीः बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ राजाभातखावा स्थित गिद्ध प्रजनन केन्द्रमा पोषित जम्मा २० वटा गिद्धलाई शुक्रबार विहान करीब ८ बजी राजाभातखावाको कोर २२ माइल जंगल स्थित पक्षीशालाबाट मुक्त आकासमा छोड़ियो।
२० वटा मध्ये जम्मा १३ वटा व्हाइट ब्याक्ड गिद्ध र अन्यान्य ठाउँहरूबाट उद्धार गरिएको ७ वटा हिमालयन ग्रिफिन गिद्धलाई शुक्रबार बिहान बक्सा जंगलको मुक्त आकासमा छोड़िएको बक्सा ब्याघ्र प्रकल्प औ गिद्ध प्रजनन केन्द्रको सञ्चालन गरीरहेको बम्बई नेचुरल हिस्ट्री सोसाइटीको अधिकारीहरूले जनाएका छन्। २०२१ सालमा प्रथम चरणको प्रजनन केन्द्रमा पोषित गिद्धलाई कलर आईडी (पीटीटी) लगाएर मुक्त आकासमा छोड़िएको थियो। यसको पूर्ण सफलतापछि यो लगाई तीन चरणमा ३१ वटा व्हाइट ब्याक्ड र ५० वटा हिमालयन ग्रिफिन गिद्ध मुक्त गरिसकेको छ। यसरी बल्ल प्रायः ३० बर्षको अन्तरालमा बल्ल बक्सा जंगल क्षेत्रमा फेरि गिद्धहरूको चहलपहल देखिन थालेको बक्सा ब्याघ्र प्रकल्पका अधिकारीहरूले जनाएका छन्। वर्तमान राजाभातखावा गिद्ध प्रजनन केन्द्रमा अझै ४० वटा व्हाइट ब्याक्ड, ५५ वटा लंग बिल्ड र स्लेन्डर बिल्ड गिद्धहरू हुर्किरहेका छन्।

About Author

Advertisement