२०९ौ भानु जयन्ती थापसाङ गैर सरकारी संस्थाद्वारा पालन

Screenshot_20230714_130021_WhatsApp.jpg

गोरुबथान: गोरुबथान खण्डको माईपाते गाउँका एक सक्रिय गैर-सरकारी संस्था “थापसङ गैर-सरकारी संस्था” को अगुवाई अनि यसै गाउँका सुन्नीमा र ग्रेस स्वनिर्भर समहुका चेलीहरूको सहयोगमा २०९ौ आदीकवि भानुभक्त आचार्यको जन्म जयन्ती माईपाते सार्वजनिक भवनमा पालन गरियो। यस जन्मजयन्ती समारोहका सभाध्यक्ष जीवन गुरूङ रहेका थिए भने प्रमुख अतिथिहरूमा अड़ी बहादुर गुरूङ, गंगा बहादुर गिरी, तारा कुमार गुरूङ, कमल गिरी एवं मनी कुमार सुब्बा उपस्थित रहेका थिए। सभाध्यक्ष अनि अतिथीहरुको बाहुलीबाट दीप प्रज्वलन गरेर कार्यक्रम शुरू गरियो। सुशन गिरी द्वारा रामायण श्लोक पाठ गरे पछि कार्यक्रम शुरूआत गरीयो। सुन्नीमा स्वनिर्भर समुहका रंञ्जना राईनीले स्वागत भाषणको तथा भानुभक्त आचार्य प्रति समर्पित कविता पाठ गरिन। ससाना नानीहरू क्रमश परी गिरी, रेश्मा गिरी, प्रणीता गिरी अनि रजल गिरीले सुन्दर नृत्य प्रस्तुत गरे। सपन राई, प्रनेश राई अनी रंञ्जना राईले कविता पाठ गरेर सबैलाई मन्त्रमुग्ध बनाए। बबिता राई, मुन्ना गिरी, सानु गुरूङ, कमल गिरी, गंगा बहादुर गिरी अनी हेमन्त राईले आआफ्नो बिचार प्रकट गरे। आगमी दिनहरूमा सबैको साथमा मिलेर बिभिन्न कार्यक्रमहरू गर्नु पर्ने अपिल अनि आजको कार्यक्रम सफल भएकोमा सबैले खुशी ब्यक्त गरे। समारोह लाई बिकाश राईले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन हेमन्त राईले गरे। सभाध्यक्ष सम्बोधनमा आयोजक समितिको खुलेर प्रशंसा गरे साथै यस्तो कार्यक्रमहरू प्रतिवर्ष नै गरिनु पर्ने सुझाव पनि दिए। आजको कार्यक्रममा “थापसङ गैर-सरकारी संस्था ” बाट अध्यक्ष बिकाश राई, उपाध्यक्ष हेमन्त राई, सहसचिव सुशन गुरूङ, सपन राई अनी रंञ्जना राई सुन्नीमा स्वनिर्भर समुह बाट रंञ्जना, राई बबिता राई, धन कुमारी गुरूङ ग्रेस स्वनिर्भर समुह बाट मुन्ना गिरी, सानु गुरूङको साथमा जीवन ज्योती क्लब बाट अध्यक्ष जीवन गुरूङ अनी बाक्लो गाऊँलेहरूको उपस्थित रहेका थियो।

About Author

Advertisement