२०२४ मा भाजपालाई मुख्यमन्त्री ममता ब्यानर्जीको चुनौती

कोलकाता: भारतीय जनता पार्टी (भाजपा) लाई २०२४ मा केन्द्रमा सत्ताबाट हटाउनु अन्तिम लडाई हुने चुनौती पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले सोमबार दिइन्। एउटा र्यालीमा सम्बोधन गर्दै उनले भनिन्, ‘२०२४ लोकसभा चुनावमा भाजपालाई पराजित गर्नैपर्छ। भाजपालाई केन्द्रमा सत्ताबाट हटाउन दिल्लीको लडाइ मेरो अन्तिम हुनेछ। म भाजपालाई सत्ताबाट हटाउने वाचा गर्छुl’

मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘पश्चिम बङ्गाल बचाउनु हाम्रो पहिलो लडाइ हो। म वाचा गर्छु कि हामी २०२४ मा केन्द्रमा भाजपालाई सत्ताबाट हटाउनेछौं। यदि तपाईंले हामीलाई धम्काउने प्रयास गर्नुभयो भने हामी जवाफ दिनेछौंl’ सन् १९८४ मा चहार सय भन्दा बढी सिट जित्दा पनि १९८९ मा पूर्व प्रधानमन्त्री राजीव गान्धीको हारको सन्दर्भ निकाल्दै उनले भनिन्, ‘सबैले हारको सामना गर्नुपर्छl इन्दिरा गान्धी एकजना अनुभवी थिइन्। नेता भए पनि पराजयको सामना गर्नुपरेको थियो। भाजपाको करिब तीन सय सांसद छन्, तर बिहार गएको छ, अरु राज्य पनि उनीहरुको हातबाट जानेछन्l’

About Author

Advertisement