१७ वर्षीय कुआमेको ऐतिहासिक प्रदर्शन, गौफ र सबालेंंका अघि बढ़न सफल

photocollage_2026527122459894

नयाँ दिल्ली: मोयसे कुआमेले फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टमा आफ्नो ग्राउण्ड स्ल्याम पदार्पणलाई यादगार बनाए। फ्रान्सका यस १७ वर्षीय खेलाड़ीले पूर्व यूएस ओपन च्याम्पियन मारिन सिलिचलाई ७-६ (४), ६-२, ६-१-ले पराजित गरी ठूलो उलटफेर गरे। रोलाँ ग्यारोमा घरेलु दर्शकहरूका समर्थनबीच कुआमेले परिपक्व खेल देखाए। विश्व ऱ्याङकिंगमा ३१८औं स्थानमा रहने कुआमे कुनै ग्राण्ड स्ल्याममा म्याच जित्ने २००८ या त्यसपछि जन्मिने पहिलो खेलाड़ी बनेका छन्। उनी १९९१-पछि टुर्नामेण्टमा म्याच जित्ने सबैभन्दा युवा फ्रान्सीसी खेलाड़ी पनि बनेका छन्। म्याचपछि कुआमेले भने, म असल अनुभव गरिरहेको थिएँ। हामीले टीमसँग रणनीतिमाथि धेरै काम गरेका थियौं। यहाँको माहोल र दर्शकहरूबारे मलाई धेरथोर जानकारी थियो। यसैकारण आत्मविश्वासको साथ खेले। महिला एकलमा वर्तमान च्याम्पियन अमेरिकाकी कोको गौफले आफ्नै देशकी टेलर टाउनसेण्डलाई ६-४, ६-०-ले पराजित गरी दोस्रो राउण्डमा प्रवेश गरिन्। म्याचको शुरुवातमा चाहिँ गौफले संघर्ष गर्नु परेको थियो कारण टाउनसेण्डले शुरुवाती गेममै उनको सर्विस तोड़िन्। त्यसपछि चाहिँ गौफले असाधारण पुनरागमन गर्दै म्याचको अन्तिम १२-मा ११ गेम जितिन्। यसरी गौफले लगातार सातौंपल्ट फ्रेञ्च ओपनको दोस्रो राउण्डमा प्रवेश गरिन्। विश्वकी नम्बर १ खेलाड़ी एरिना सबालेंकाले स्पेनकी जेसिका बौजास मानेइरोलाई ६-४, ६-२-ले पराजित गरी दोस्रो राउण्डमा प्रवेश गरिन्। गरम मौसम र तेज क्ले कोर्टमा सबालेंकाले नेट नजिक आक्रामक खेल देखाइन्। म्याचपछि उनले भनिन्, अहिले म नेटमा आएर पोइण्ट्स जितिरहेकी छु। मेरो निम्ति यो ठूलो कुरा हो। खेलको यस हिस्सामा सुधार गर्न सकेर म खुशी छु। यसरी जापानकी नाओमी ओसाकाले पहिलो राउण्डमा जर्मनीकी लौरा सिगमण्डलाई ६-३, ७-६ (३)-ले पराजित गरिन्। दबाउको क्षणमा संयमित खेल देखाउँदै ओसाकाले सीधा सेटमा जीत दर्ता गरिन्। पुरुष एकलमा रुसका स्टार खेलाड़ी दानिल मेदवेदेव पहिलो राउण्डमै उलटफेरको शिकार बने। अष्ट्रेलियाका एडम वाल्टनले उनलाई ५ सेटसम्म चलेको म्याचमा ६-२, १-६, ६-१, १-६, ६-४-ले पराजित गरे। विश्व ऱ्याङकिंगमा ९७औं स्थानमा रहने वाल्टनले असाधारण प्रदर्शन गर्दै आफ्न करियरको सबैभन्दा यादगार जीत हासिल गरे। यसरी ग्रीसका स्टेफानोस सितसिपास पनि दोस्रो राउण्डमा पुगे। उनका प्रतिद्वन्द्वी अलेक्जान्द्र मुलर चोटले गर्दा म्याचबाट हट्न वाध्य भए। रोलाँ ग्यारोमा तेज गर्मीले समस्या बढ़ाएको छ। तेस्रो दिन पनि तापमान ३२ डिग्री सेल्सियससम्म पुग्यो। गरम मौसमले गर्दा क्ले कोर्ट तेजीको साथ सुकिरहेको छ, जसले खेलको गति सामान्य तेज भएको छ। धेरै खेलाड़ीहरूले नेटमा आक्रामक रणनीति अप्नाएका छन् अनि त्यसले फाइदा पनि भएको छ। फ्रेञ्च ओपनको शुरुवाती राउण्डमा युवा खेलाड़ीहरूका चमत्कारी प्रदर्शन, ठूलो उलटफेर र दिग्गज खेलाड़ीहरूका मजबूत शुरुवातले टुर्नामेण्टलाई निक्कै रोमाञ्चक बनाएको छ।

About Author

Advertisement