१६ र १७ जुलाईका दिन ‘नाम्ची रॉंके मेला’ काे आयोजना

rankey+bhoot

नाम्ची: नाम्चीमा आगामी १६ र १७ जुलाईका दिन ‘नाम्ची रॉंके मेला’ आयोजना भइरहेको छ। मेलाको आयोजना रॉंके मेला समारोह समिति र जिल्ला प्रशासनिक केन्द्रले संयुक्त रूपमा गरिरहेको छ।

समारोह समितिले मेलामा सबैलाई सहभागी भइदिन आह्वान गरेको छ। यस दुई दिवसीय सांस्कृतिक उत्सवमा नाम्ची रॉंके रन, टग अफ् वार, ग्रीस पोल, पिलो फाइट, आर्म रेस्लिङ आदि मनोरञ्जनात्मक खेलकुद गतिविधि सम्पन्न गरिने छ।

यसरी नै उत्सवमा विभिन्न परम्परागत व्यञ्जनहरूको आनन्द लिन सकिने छ भने रंगारंग सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने बताइएको छ।

About Author

Advertisement