१४ वर्षीया किशोरीले जन्माइन् जुम्ल्याहा शिशु

IMG-20240923-WA0190

भद्रपुर: बैतडीकी १४ वर्षीया एक विवाहित किशोरीले जुम्ल्याहा शिशुको जन्म दिएकी छन्।
डडेल्धुरा अस्पतालमा पाटन नगरपालिकाकी १४ वर्षीया किशोरीले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन्। अस्पताल स्रोतका अनुसार सेप्टेम्बर ११मा बिहान ८ः५३ बजेको समयमा पहिलो र ८ः५९मो दोश्रो सन्तानको जन्म भएको डडेल्धुरा अस्पतालले जनाएको छ। पहिलो सन्तान १ किलो ९ सय ग्राम र दोश्रो सन्तानको तौल १ किलो ७५० ग्राम रहेको बताइएको छ।
शिशुहरुलाई आइसियु वार्डमा राखिएको छ। दुवै शिशुको अवस्था सामान्य बन्दै गएको डडेल्धुरा अस्पतालकी बरिष्ठ अस्पताल नर्सिङ निरिक्षक बालकुमारी बस्यालले जानकारी दिइन्। ‘किशोरीलाई नर्मल डेलिभरी गराउन सफल भएका छौँ, दुवै शिशुको अवस्था सामान्य बन्दै गइरहेको छ, आमा पनि स्वस्थ छिन्।’ बरिष्ठ अस्पताल नर्सिङ निरिक्षक बस्यालले बताइन्।
१४ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएको घटना एकदमै दुर्लभ रहेको छ। गत वर्ष मात्रै प्रेम बिवाह भएको र यस वर्ष दुवै शन्तानको सकुसल जन्म दिएको किशोरीका १७ वर्षीय श्रीमानले जानकारी गराएका हुन्। ‘हाम्रो प्रेम विवाह भएको एक वर्ष भयो, अहिले जुम्ल्याहा छोराको जन्म भएको छ’ उनले भने।
२० वर्ष उमेर नपुगेका महिलामा पाठेघरको विकास राम्रोसँग नहुने भएपनि १४ वर्षको उमेरमै जुम्ल्याहा बच्चाको जन्म दिएको घटना दुर्लभ मानिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए। बैतडीमा मात्रै बिगत २ वर्षको अवधिमा २० वर्ष नपुगिकनै गर्भवति हुने महिलाको संख्या करिब ५ सय रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।

About Author

Advertisement