गान्तोक: आगामी २१ दिसम्बरको दिन १४औं रोलु दिवस समपन्न हुन गइरहेको छ। यसको निम्ति हाल युद्धस्तरमा तयारी चलिरहेको छ। वर्ष २००९ देखि वर्षेनी २१ दिसम्बरको दिन रोलु दिवस पालन गर्दै आइरहेको छ।यस दिन सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको निम्ति अतिने महत्वपूर्ण दिन मानिन्छ किनभने उक्त दिन सम्पन्न पिकनिकदेखि वर्तमान सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले तत्कालिन सत्ताविरुद्ध आफ्नो आवाज बुलन्द गर्दै सिक्किममा सत्ता परिवर्तनको लागि क्रान्तिको बिगुल फुकेका थिए। उक्त दिन तिनले यहाँ आएर सिक्किम अनि सिक्किमे जनताको उन्मुक्तिको निम्ति रोलु माता समक्ष पुजा अर्चना गरेका थिए। यही दिनलाई सम्झना गर्दै वर्षेनी सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले रोलु पिकनिक अथवा रोलु दिवस पालन गर्ने चलन चलिरहेको छ। यही दिनलाई भव्यताको साथ पालन गर्नको निम्ति अहिले रोल परिसरमा तयारी जोडतोडले चलिरहेको छ। आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका केही शिर्ष नेतृत्वहरू घटनास्थलमा पुगेर यसको तयारी बारे निरीक्षण गरे।










