१२ घण्टा बन्दावधि पक्राउ परेका भाजपा कार्यकर्ताहरु रिहा

IMG-20240829-WA0217

धम्कीपूर्ण दोकानहरू खोलाएको तर हात जोड़ेर बन्दको आह्वान् पर्ने भाजपा कार्यकर्ताहरु पक्राउ गरिएको कल्याण देवानको आरोप

दार्जीलिङ: हिजो भारतीय जनता पार्टीले राज्यव्यापी रूपमा डाकेको बन्दको समय बिहान हिरासतमा रहेका भाजपाका पाँचजना कार्यकर्तालाई आज दिउँसो ४ बजेतिर अदालतबाट रिहा गरिएको छ। दार्जीलिङ बीजेपीले गिरफ्तारीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उनीहरूले स्थानीय पार्टी बीजीपीएमको तर्कको बाबजुद १२ घण्टाको राज्यव्यापी हडताललाई समर्थन नगरेकोमा पनि आलोचना गरेका छन्। हिजो पक्रा परेका भारतीय जनता पार्टीको पाँचजना कार्यकर्ताहरू रिहा भएपछि बाहिर आएर भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला कमिटी पदाधिकारीहरूले पत्रकारहरूसित यस विषयमा कुराकानी गरेका छन्। यसावधि बीजेपी दार्जीलिङ जिल्ला समितिका अध्यक्ष कल्याण दिवान, भाजपा दार्जीलिङ जिल्ला समितिका महासचिव सुजेन्द्र प्रधान, भाजपा दार्जीलिङ जिल्ला समितिका प्रवक्ता सञ्जीव लामा, भाजपा दार्जीलिङ जिल्ला समितिका सदस्य सन्दीप लाखोटिया र सदस्य रेश्मा गुरूङको उपस्थिति रहेको थियो। यस क्रममा पत्रकारहरूसित कुराकानी गर्दै भाजपा दार्जिलिङ जिल्ला समितिको अध्यक्ष कल्याण देवानले हिजो कोलकोतामा महिला डाक्टरमाथि भएको बलत्कार अनि हत्याको घटनालाई लिएर पिढीताले न्याय पाउनुपर्छ भन्ने उद्देश्यको साथ डाकिएको राज्यव्यापी १२ घण्टा बन्दको अवधि निर्दोष भाजपा कार्यकर्ताहरु पक्रा परेको बताएका छन्। उनले महिलाको न्यायको लागि डाकिएको बन्दलाई तृणमूल कांग्रेसले विफल पार्न खोजेको तर जनताले साथ दिएको बताउँदै सत्तामा रहेको पार्टीले पुलिस प्रशासनलाई पनि दवाबमा राखेर काम गर्न लगाएको आरोप लगाएका छन्। उनले भागोप्रमोको झण्डा बोक्ने तर तृणमूल कांग्रेसकाहरूले बन्द खोलाएर लोकतान्त्रिक तरिकाले विरोध गर्न पनि नदिएको भन्दै यसको भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट घोर भर्त्सना जनाउँदछौं भनी बताएका छन्। कल्याण देवानले हात जोड़ेर बन्दको आह्वान् गर्ने भारतीय जनता पार्टीको कार्यकर्ताहरूलाई पक्राउ गरिएको आरोप समेत लगाएका छन्। उनले दार्जिलिङमा भागोप्रमोले धम्कीपूर्ण तरिकाले दोकानहरू खोलाएको पनि आरोप लगाएका छन्।

About Author

Advertisement