१२८ वर्षको उमेरमा विश्वकै वृद्ध महिलाको निधन

00-1-128-year-old-woman

विश्वकै सबैभन्दा वृद्ध महिलाको निधन भएको छ। दक्षिण अफ्रिकामा बस्ने जोहाना माजिबुको १२८ वर्षकी थिइन्। उनी १८९४ मा जन्मिएकी थिइन्। उनी यसै वर्ष मई महिनामा १२९ वर्षकी हुँदै थिइन्। जोहानाका आफन्तका अनुसार उनको ३ मार्चमा मृत्यु भएको थियो। सन् २०२२ मा न्यूज २४ सँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘म अझै किन जिउँदै छु? मेरा साथीहरू मरेका छन्। म कहिले मर्छु? अझै जिउनुको अर्थ के हो? एकै ठाउँमा बस्दा थाकेकी छु।’ जोहन्नाका नजिकका साथीहरू आफूसँग जोहन्नाको परिचयपत्र रहेको र त्यसैको आधारमा जोहानाको नाम गिनिज बुक अफ रेकर्डमा दर्ता हुनुपर्ने बताउँछन् ताकि उनी सम्मानित हुन सकून्।

जोहन्नाले आफ्नो शरिर कडा हुन थालेको र हिँडडुल गर्न पनि गाह्रो भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘जब म मान्छेहरु हिडिरहेको देख्छु, मलाई पनि लाग्छ, म पनि उनीहरु जस्तै हिँड्न पाए हुन्थ्यो। मसँग एक हेरचाहकर्ता छ जो मसँग २००१ देखि छ। उनी मेरो लागि यति खास भइन्, उनी नजिक नभएसम्म म सुत्न पनि सक्दिनl’ जोहानाका १२ भाइबहिनी थिए। तीमध्ये ३ जना अझै जीवित छन्। उनको विवाह स्टवना माजिबुकोसँग भएको थियो। दुवैका ७ सन्तान छन्। उनका ५० भन्दा बढी नातिनातिनाहरू, पनातीपनातिनाहरू र खनातिखनातिनाहरू छन्। जोहानाले कहिल्यै अध्ययन गरिनन्। खेतबारीमा काम गर्थिन्। २०२२ मा उनले भनेकी थिइन्, ‘म मेरो बाल्यकाल सम्झन्छु। त्यतिबेला कुनै समस्या थिएन। खाना पनि स्वस्थ थियो। मिसावट थिएनl’ १२८ वर्षकी जोहाना माजिबुको १८औं शताब्दीमा जन्मिएकी थिइन्। उनले १९१४ मा पहिलो विश्वयुद्ध, १९३९ मा दोस्रो विश्वयुद्ध देखिन्। उनले स्पेनिस फ्लुदेखि लिएर कोरोना महामारीको सामना गर्नु परेको छ।

About Author

Advertisement