बलिया: भारतको उत्तर प्रदेशको बलियाबाट एक महिलाले १० वर्षदेखि बेपत्ता आफ्नो श्रीमान फेला पारेकी छिन्। श्रीमानलाई देखेर महिला भावुक भएर रुन थालिन्। श्रीमानको छेउमा बसेर हातले कपाल र अनुहार सफा गर्न थालिन्। दश वर्षदेखि बेपत्ता श्रीमानलाई शुक्रबार दिउँसो जिल्ला अस्पताल बाहिरबाट भेटिन्। महिलाका श्रीमान बाटोमा बसिरहेका थिए। ती महिलाका पागल श्रीमान १० वर्षअघि नेपालबाट अलग भएका थिए। अर्कोतर्फ शुक्रबार कुनै कामको सिलसिलामा इ–रिक्सा चढेर जिल्ला अस्पताल आएकी महिलाले सडकको छेउमा एक युवक बसेको देखेकी थिइन्। युवकको शरीरमा लुगा थिएन। अनुहार र कपाल पनि निकै फोहोर थियो। उनी मानसिक रुपमा विचलित देखिन्थे। युवतीले युवकलाई चिनेपछि दौडिएर श्रीमानलाई अँगालो हालेर रुन थालिन्। महिलाको नाम जानकीदेवी हो। उनका श्रीमानको नाम मोतीचन्द्र वर्मा हो। श्रीमतीका अनुसार उनका श्रीमान् मोतीचन्द वर्मा उपचारका लागि १० वर्षअघि नेपाल गएका थिए, जहाँबाट उनी कतै हराएपछि आजसम्म जानकीदेवी आफ्नो तस्वीरसहित श्रीमानलाई खोजिरहेकी थिइन्।









