१०५ परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20230327-WA0205.jpg

“भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कर्मलाई देखेर हामी पार्टीका सामेल भएका हौ:” सञ्जय राई

दार्जिलिङ: तकदाह ग्लेनबर्न समष्टिमा हाम्राे पार्टीको माने डाँडा ग्रामका उपाध्यक्ष सञ्जय राईको नेतृत्वमा ४७ जना, ग्लेनबर्न तृणमूल कांग्रेसबाट ६ जना अनि सुम्बुकबाट गोर्खा जनमुक्ति मोर्चाका बिजित बीकेको नेतृत्वमा १२ जना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। त्यसरी नै तकदाहबाट तपस राईको अगुवाई १२ जना,घट्टे माने डाँडाबाट हाम्रो पार्टी शाखा सभापति मनि राईको अगुवाईमा १४ घर, निर्दलय प्रार्थी अजित खालिङको अगुवाईमा ६ घर अनि लामाहट्टाबाट विकास गुरुङको अगुवाईमा ८ घर पनि भागोप्रमो पार्टीमा सामेल भएका छन्।
सामेल भएको समय हाम्रो पार्टीबाट आएका सञ्जय राईले भने, “हामी पार्टीमा होइन, कर्ममा विश्वास गर्छौं। जसले राम्रो कर्म गर्दैछन् उहाँलाई नै हाम्रो समर्थन पनि छ। त्यसैले आज दवाई पानी अन्तर्गत पर्ने नौवटा गाउँबाट हामी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका हौं।”
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको हातबाट झण्डा ग्रहण गरी पार्टीमा सामेल भएका छन्।

About Author

Advertisement