पछिल्लो एक शताब्दीदेखि लोप हुँदै गएको मानिने माछाको प्रजाति अहिले अमेरिकाको कोलोराडोमा फेरि भेटिएको छ। न्युजवीकको समाचारअनुसार खानीबाट हुने प्रदूषण, अत्याधिक माछा मार्ने र अन्य प्रजातिसँगको प्रतिस्पर्धाका कारण यो माछा पूरै लोप भएको थियो। यो ग्रीनब्याक कटथ्रोट ट्राउट सन् १९३० मा पूर्ण रूपमा लोप भएको मानिएको थियो। यो माछा प्राकृतिक रूपमा प्रजनन गर्दछ। यो साउथ प्लेट ड्रेनेजको ऐतिहासिक पानीमा फेला परेको थियो। कोलोराडो पार्क र वन्यजन्तु दक्षिणपूर्व क्षेत्रको आधिकारिक ह्यान्डलबाट ट्विटरमा थ्रेड पोस्ट गरिएको छ। सोमबार यस माछालाई लिएर यहाँ धेरै पोस्ट गरिएको थियो।









