गान्ताेक: आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी निवासमा सिक्किम मारवाडी समाजका प्रतिनिधिहरूले भेटघाट गरे। उक्त अवसरमा विधायक देलय नामग्याल बारफुङ्पा पनि उपस्थित थिए।
प्राप्त जानकारी अनुसार भेटका क्रममा प्रतिनिधिहरूले मुख्यमन्त्रीलाई गान्तोकको एम.जी. मार्गमा गान्तोक मारवाडी होली उत्सव समितिको आयोजनामा हुन गइरहेको होली उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा प्रदान गरे। उक्त निमन्त्रणा सहर्ष स्वीकार गर्दै मुख्यमन्त्रीले उत्सवमा आफ्नो उपस्थितिको आश्वासन दिए।

अन्तमा मुख्यमन्त्री प्रेमसिंह तामाङले यस हर्षोल्लासपूर्ण तथा रंगीन अवसरमा सम्पूर्ण समुदायप्रति हार्दिक शुभकामना तथा मंगलकामना व्यक्त गरे।










