होलीको अघि सिलगढीमा पुलिसको ‘प्री ड्राइभ’ अभियान शुरू

35ebf036-cf14-475f-9c89-e80e43e8ace9-1024x576.jpg

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसले होलीलाई ध्यानमा राखेर होली अगावै ‘प्री ड्राइभ’ अभियान अन्तर्गत गत राति एउटा होटलमा अभियान चलाएर दुईजनालाई पक्राउ गरेको छ। पुलिसद्वारा पक्राउ पर्नेहरूमा सनी छेत्री र रघुनाथ दास सामेल छन्। पुलिस सूत्रअनुसार मतिगढा थानाको पुलिसले गोप्य सूचना पाएर सादा पोशाकमा यहाँको एउटा रेस्टुरेन्ट अनि एउटा दोकानमा अभियान चलाएर त्यहाँबाट धेरै मात्रामा देशी-विदेशी रम- रक्सी जफत गरेको छ। अवैध रूपमा रम-रक्सी बिक्री गरेको आरोपमा दुईजनालाई पक्राउ गरे। आज तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। अर्कोतिर, यस विषयमा सिलगढी मेट्रोपलिटन पुलिसको वेस्ट जोन एसीपी आशीष पी. सुब्बाले भने, होलीलाई ध्यानमा राखेर पुलिसले ‘प्री ड्राइभ’ शुरू गरेको छ। ‘प्री ड्राइभ’ अवधि अवैध रूपमा रम-रक्सी किन-बेच गर्नेहरूमाथि कठोर कार्वाही गरिने छ। गत राति उक्त अभियान अन्तर्गत दुईजनालाई पक्राउ गरेको छ।

About Author

Advertisement