‘हेरा फेरी’ले जीवनै मुस्किल बनायो: प्रियदर्शन

IMG-20260902-WA0108

मुम्बई: बलिउडका सफल हास्यप्रधान निर्देशक प्रियदर्शनले ‘हेरा फेरी’पछि आफूलाई लगातार कमेडी फिल्ममै सीमित हुनुपरेको बताएका छन्। नयाँ फिल्म ‘हैयवान’ प्रदर्शनको तयारीमा रहेका उनले एक अन्तर्वार्तामा कमेडी फिल्म निर्देशन गर्न आफूलाई खासै मन नपर्ने खुलासा गरेका हुन्।
प्रियदर्शनले आफ्नो हिन्दी फिल्म यात्रा गम्भीर विषयवस्तुको ‘मुस्कुराहट’बाट सुरु गरेका थिए। ‘गर्दिश’ र ‘विरासत’ले उनलाई स्थापित गराए। तर सन् २००० को ‘हेरा फेरी’को ठूलो सफलतापछि उनको परिचय कमेडी निर्देशकका रूपमा बन्यो। उनका अनुसार त्यसपछि ‘कमेडी, कमेडी र कमेडी’मै सीमित हुनुपर्‍यो।
सन् २००१ देखि २०२१ सम्म उनले निर्देशन गरेका २० हिन्दी फिल्ममध्ये १६ वटा कमेडी थिए। अब ‘हैयवान’मार्फत उनी परिस्थितिबाट स्वाभाविक रूपमा हास्य सिर्जना हुने कथा प्रस्तुत गर्न चाहन्छन्। कलाकारलाई जबर्जस्ती हँसाउने शैली वा छुट्टै कमेडी ट्र्याक राख्ने पक्षमा आफू नरहेको उनको भनाइ छ।

About Author

Advertisement